काठमाडौं -५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले रास्वपा माथि विभिन्न आरोप लगाउदै परित्याग गरे रास्वपा
वि.सं.२०८२ फागुन १६ शनिवार १३:२२
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन्।यसैगरी वडा पदाधिकारीहरू बुनपा ७ की प्रतिभा सेढाई, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सुजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा, माधव थापा मगर र अञ्जना बोगटी छन्।
उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटको आवरणमा आर्थिक अनियमिततासमेत भएको आरोप नेतृत्वमाथि लगाएका छन्। यसैगरी लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्याएको भन्दै राजीनामा पत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ।
































