प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना

1.6K
shares

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख एक हजार ९३३ मत गणना भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ । रास्वपाले गणना भएको मतको ४९.३४ प्रतिशत मत प्राप्त गरेको हो ।यस्तै, नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत प्राप्त गरेको छ । यो सङ्ख्या अहिलेसम्म गणना भएको मतको १६.८८ प्रतिशत हो ।नेकपा एमालेले अहिलेसम्म ६ लाख ३२ हजार १६२ मत प्राप्त गरेको छ । एमालेले १४.३६ प्रतिशत मत प्राप्त गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीले ६.७० प्रतिशत अर्थात् २ लाख ९४ हजार ९०० मत प्राप्त गरेको छ ।यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.६१ प्रतिशत अर्थात् एक लाख ५८ हजार ८३० मत प्राप्त गरेको छ ।श्रम संस्कृति पार्टीले एक लाख २ हजार ६६० मत अर्थात् २.३३ प्रतिशत मत प्राप्त गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports