सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोन वार्ता : मिलेर काम गर्ने भारतको प्रतिवद्धता

1.44K
shares

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्।

आफूले दुवै नेतालाई चुनावमा रास्वपाका विजयका लागि बधाई र नयाँ सरकार गठनका लागि शुभकामना दिएको मोदीले जनाएका छन्।‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो,’ मोदीले एक्समा लेखेका छन्, ‘दुवै नेताहरूलाई उहाँहरूको चुनावी विजय र नेपालको चुनावमा रास्वपाको सानदार सफलताको लागि बधाई दिएँ। आपसी समृद्धि, प्रगति र कल्याणको लागि उहाँहरूसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ।’

‘मलाई विश्वास छ– हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ मोदीले थपेका छन्।यसअघि मोदीले निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण समापन भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए।चुनावकै दिन भारतीय विदेश मन्त्रालयले शान्तिपूर्ण मतदानको स्वागत गर्दै नयाँ सरकारसँग मिलेर काम गर्ने जनाएको थियो।नेपालका परम्परागत पार्टीहरूको भारतसँग निकट सम्बन्ध रहँदै आएको थियो। तर, यसपटकको चुनावपछि नयाँ राजनीतिक दलले प्रचण्ड बहुमत हासिल गरेको छ। यसपछि भारतसँगको सम्बन्ध नयाँ तरिकाले अगाडि बढ्नसक्ने कतिपयको आकलन छ।

नाकाबन्दीपछि नेपालमा भारतको प्रभाव खस्किएको विश्लेषण गर्ने प्राध्यापक ब्रह्मा चेलेनी रास्वपाको विजयले भारतलाई नयाँ मौका प्रदान गर्ने बताउँछन्।‘नयाँ दिल्लीले बुद्धि पुर्‍याएर काम गर्‍यो भने नेपालको राजनीतिमा आएको यो मोडले भारतलाई काठमाडौँमा फेरि प्रभाव जमाउने अवसर पनि दिन सक्छ,’ उनले लेखेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports