यस्तो छ आज मङ्गलबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८२ फागुन २६ मंगलवार ०८:३७
shares

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रूपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रूपैयाँ तीन पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रूपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रूपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रूपैयाँ १९ पैसा र बिक्रीदर १८९ रूपैयाँ ९६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रूपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रूपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रूपैयाँ १५ पैसा र बिक्रीदर ११५ रूपैयाँ ६२ पैसा तोकिएको छ ।जापानी येन १० को खरिददर नौ रूपैयाँ ३० पैसा र बिक्रीदर नौ रूपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ ३१ पैसा र बिक्रीदर २१ रूपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ २७ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ ३४ पैसा र बिक्रीदर ४० रूपैयाँ ५० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ५९ पैसा र बिक्रीदर चार रूपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४० रूपैयाँ १४ पैसा र बिक्रीदर ४० रूपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ २० पैसा र बिक्रीदर ३७ रूपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ९० पैसा र बिक्रीदर नौ रूपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६ रूपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ८१ पैसा र बिक्रीदर २२ रूपैयाँ ९१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रूपैयाँ ८६ पैसा र बिक्रीदर १८ रूपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रूपैयाँ २५ पैसा र बिक्रीदर ४८३ रूपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रूपैयाँ ५४ पैसा र बिक्रीदर ३९२ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।





































