सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगको चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउने तयारी

1.46K
shares

काठमाडौँ । निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी आयोगले गरेको हो ।

प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ । प्राप्त नतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार (महावीर पुन) सिटमा जितेका छन् ।जारी समानुपातिक प्रणालीतर्फको मतगणना मंगलबार (आज) साँझसम्म सक्ने आयोगको तयारी छ । समानुपातिकतर्फ १ करोड ७७ लाख ७११ मत खसेको थियो । समाचार तयार पार्दासम्म १ करोड साढे ५ लाख हाराहारी मत गणना भइसकेको छ ।

आज मत गणना सकियो भने बुधबार (फागुन २७) गते राजनीतिक दलहरूलाई आफ्नो भागमा परेका समानुपातिक प्रणालीतर्फ सांसद् बन्नेहरूको सूची पठाउन आयोगले पत्राचार गर्नेछ । प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनमा नै दलहरूलाई सूची पठाउन ३ दिन समय दिनुपर्ने व्यवस्था छ । त्यसो हुँदा आयोगले दलहरूलाई फागुन ३० गतेसम्मको समय दिनेछ । फागुनको महिला ३० गतेसम्मको भएकाले दलहरूले चैत १ गतेसम्म समानुपातिकतर्फ आफ्नो भागमा परेको सांसद हुने व्यक्तिहरूको सूची निर्वाचन आयोगलाई बुझाउने छन् । त्यसपछि आयोगले दलहरूले पठाएको सूचीमा कुनै त्रुटि भए/नभएको तथा संविधान र कानुनमा गरिएको कलस्टर मिले/नमिलेको अध्ययन गर्नेछ ।

नमिलेको भए नमिलाउने दललाई २ दिनको समय दिएर पुनः पत्राचार गर्ने आयोगले आन्तरिक क्यालेन्डर बनाएको छ । त्रुटि गर्ने दलहरूले त्रुटि सच्याएर पठाएपछि आयोगले कानुन अनुसार मिले/नमिलेको यकिन गरेर छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरिरहेको छ ।त्यसपछि एक दुई दिनमा प्रतिवेदन तयार गरेर राष्ट्रिपतिलाई बुझाउने तयारी आयोगको रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘चैत पहिलो साताभित्र राष्ट्रपतिज्यूलाई ‘प्रतिनिधिसभा निर्वाचन प्रतिवेदन’ बुझाउने आयोगको तयारी छ,’ प्रवक्ता भट्टराईले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports