सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा नेतृत्वको सरकारले एसपीपीमा कस्तो निर्णय गर्ला ?

1.51K
shares

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको छ । अन्य पार्टीलाई बढार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस निर्वाचनमा बाजी मारेको छ । पहिलो पार्टी बनेको रास्वपाले नयाँ सरकार गठन गर्ने भएको छ ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) साह प्रधानमन्त्री बन्दैछन् । रास्वपाको सरकार बन्ने भएसँगै एउटा विषय बहसमा आएको छ । त्यो हो, अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ । एसपीपी अमेरिकाको रक्षा मन्त्रालय र विभिन्न मुलुकका सेनाबीचको समझदारी कार्यक्रम हो, जुन सन् १९९३ देखि सञ्चालित छ ।अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ पारित गर्दा भएको विरोधपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा एसपीपी पास गर्नबाट ब्याक भएका थिए । एसपीपी पास नगर्ने भनी २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय नै गरेको छ ।

निर्णयको बुँदा नम्बर ११ मा भनिएको छ,‘संयुक्त राज्य अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ अघि नबढाउने ।’ त्यसपछि साम्य एसपीपीको विषय फेरि चर्चामा आउन थालेको छ । रास्वपाका अधिकांश नेता अमेरिकानिकट रहेकाले उनीहरुले एसपीपी पास गर्ने आम नागरिकको बुझाई छ ।नेपालसहित छिमेकी मुलुकलाई असुरक्षा हुने भन्दै तत्कालीन सरकारले रोकेको एसपीपीको हकमा अब बन्ने बालेन सरकारले के निर्णय गर्ला ? हेर्न बाँकी छ । चुनाव सम्पन्न हुनासाथ अमेरिकी दूतावासले निकालेको बक्तव्यमा नयाँ सरकारसङ्ग समृद्धि र सुरक्षा क्षेत्रमा सहकार्यको प्रतिबध्दता जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports