सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी – २० विश्वकपका नेपाली खेलाडीले कति पुरस्कार पाउनछन त ?

1.31K
shares

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ कुल ११.२५ मिलियन अमेरिकी डलर (१ अर्ब ६५ करोड रुपैयाँ बढी) खेलाडी पुरस्कार रकम वितरण गरिएको आइसिसीले जनाएको छ।

यो रकम २०२४ मा आइसिसीले गरेको रेकर्ड वृद्धि अनुसार नै छ। आइसिसीले सहभागी २० टोलीलाई नै पुरस्कार दिने गर्छ। जसमा सहभागी पुरस्कारसँगै जित र स्थानको आधारमा पुरस्कार रकम वितरण गरिएको छ।जसमा नेपाल पुरस्कार पाउने टोलीको १६औं स्थानमा छ। एक खेलमा जित निकालेको नेपालले २ लाख ५६ हजार १५४ अमेरिकी डलर (३ करोड ७६ लाख रूपैयाँ बढी) प्राप्त गरेको आइसिसीको भनाइ छ।

सबैभन्दा बढी पुरस्कार च्याम्पियन तथा आयोजक भारतले पाएको छ। भारतले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर खेलाडी पुरस्कार प्राप्त गरेको छ।पुरस्कार रकम समूह चरण, सुपर ८, सेमिफाइनल र फाइनल सम्मको आधारमा छन्।प्रत्येक टिमलाई आधारभूत सहभागिता रकम २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार दिने आइसिसीको नियम थियो।

त्यसपछि टिमको स्थान, जितेको खेलको बोनस र कुन चरणसम्म पुग्यो भन्ने आधारमा थप रकम थपिएको छ।

कसले कति पाए पुरस्कार?
भारत – २,६३९,४२३ अमेरिकी डलर
न्युजिल्यान्ड – १,४२२,६९२ अमेरिकी डलर
दक्षिण अफ्रिका – १,००५,५७७ अमेरिकी डलर
इङ्ल्यान्ड – ९७४,४२३ अमेरिकी डलर
वेस्ट इन्डिज – ५३८,२६९ अमेरिकी डलर
पाकिस्तान – ५२२,६९२ अमेरिकी डलर
जिम्बाब्वे – ४९१,५३८ अमेरिकी डलर
श्रीलंका – ४७५,९६२ अमेरिकी डलर
अफगानिस्तान – ३०९,८०८ अमेरिकी डलर
अस्ट्रेलिया – ३०९,८०८ अमेरिकी डलर
अमेरिका – ३०९,८०८ अमेरिकी डलर
स्कटल्यान्ड – २७८,६५४ अमेरिकी डलर
आयरल्यान्ड – २७१,७३१ अमेरिकी डलर
इटाली – २५६,१५४ अमेरिकी डलर
नेदरल्यान्ड्स – २५६,१५४ अमेरिकी डलर
यूएई – २५६,१५४ अमेरिकी डलर
नेपाल – २५६,१५४ अमेरिकी डलर
क्यानडा – २२५,००० अमेरिकी डलर
नामिबिया – २२५,००० अमेरिकी डलर
ओमान – २२५,००० अमेरिकी डलर

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports