प्रभु बैकद्धारा ‘ग्लोबल मनीविक- २०२६’ कार्यक्रम सम्पन्न
वि.सं.२०८२ चैत ९ सोमवार ०९:२१
shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’अन्तर्गत देशभर विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
चैत २ गतेदेखि सुरु भएको कार्यक्रम आइतबारसम्म मुलुकभरका सातै प्रदेशस्थित आफ्ना २०० भन्दा बढी शाखाहरुमार्फत विभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति वित्तीय साक्षरता, बालबालिका र युवालक्षित चेतनामूलक तथा प्रभातफेरी कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले ‘स्मार्ट मनी टक्स’ भन्ने विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिवृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।
बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।



































