linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस सभापति गगन थापाको राजिनामा अस्वीकृत

1.11K
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत भएको छ ।

निर्वाचन परिणाम निराशजनक आएपछि सभापति थापाले पदबाट राजीनामा दिएका थिए ।

उपसभापति विश्वप्रकाश शर्मा समक्ष विधानको धारा २६ (१) बमोजिम पेश गरेको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो।शुक्रबार र आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्दा विभिन्न आधारलाई ध्यानमा राखेर निर्णय गरेको छ।

निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको बैठकको ठहर छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports