kumari
stcnepal

दुई इन्स्योरेन्स र फाइनान्सको शेयर मुल्य समायोजन

नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनश शेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ५० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले हिजो अन्तिम कारोबार मूल्य ७ सय १५ रूपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।कम्पनीको चौथोवार्षिक साधारण सभा फाल्गुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको २० प्रतिशत बोनश शेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ४३ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले हिजोको अन्तिम कारोबार मूल्य २ हजार ३ सय ३२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।

त्यस्तै, जानकी फाइनान्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनश शेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ८८ रूपैयाँ ७८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ६ सय ७७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।कम्पनीको २५औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुनेछ ।

footer