सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाबाट वार्ताको लागि विषय प्राप्त भएका छन, समीक्षा गरिरहेका छौ : इरानी विदेश मन्त्रालय

637
shares

काठमाडौं । इरानी विदेश मन्त्रालयले अमेरिकाका तर्फबाट वार्ताका विषयहरू प्राप्त भएको प्रतिक्रिया दिएको छ । अमेरिकी सञ्चार संस्था सीबीएस न्युजलाई हवाला दिँदै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार इरानको विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले मध्यस्तकर्तामार्फत अमेरिकाले राखेका वार्ताका विषय प्राप्त भएको बताएका छन् । प्राप्त विषयमा समीक्षा भइरहेको ती अधिकारीले बताएका छन् ।

अमेरिका र इरानबीच सम्भावित वार्तालाई लिएर विभिन्न किसिमका रिपोर्ट आइरहेका बेला यो नयाँ समाचार आएको हो । सीबीएसको समाचारअनुसार वार्ताको सम्भावित सुरुवातका रूपमा ती विषय उठाइएका छन् । यद्यपि वार्ता अझैँ पनि पक्कापक्की भने भइसकेको छैन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी युद्ध रोक्न इरानसँग वार्ता भइरहेको बताएका थिए । सँगै उनले इरानका ऊर्जा केन्द्रमा तत्कालका लागि हमला रोक्ने भनेका थिए ।

तर, ट्रम्पको सो भनाइलाई इरानी विदेशमन्त्री अब्बास अरागचीले इन्कार गरेका थिए ।फेरि दिउँसो फ्लोरिडामा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले इरानको एक शीर्ष व्यक्तिसँग वार्ता भइरहेको भन्दै प्रतिक्रिया दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports