सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ सभापति गगन थापाले १५ औ महाधिवेशनका लागि केन्द्रीय समितिमा पेस गरेको प्रस्ताव

676
shares

नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकमा १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालका प्रस्ताव गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले भदौ अन्तिम साता महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका हुन्। प्रस्तावमा चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तमा सक्ने उल्लेख छ।गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशन भएको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था रहेको छ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ मा भएको थियो। महाधिवेशनबाट शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए।

प्रस्ताववित कांग्रेस महाधिवेशनको कार्यतालिका:

२०८३ वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने।
असार १५ गतेसम्म केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने।
असार मसान्तसम्म क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने।
गाउँ र नगर वडा अधिवेशन: साउन ६ गते।
गाउँ र नगरपालिका अधिवेशन: साउन १२ गते।
प्रदेश सभा क्षेत्र अधिवेशन: साउन २३ गते।
प्रतिनिधि सभा क्षेत्र अधिवेशन: साउन ३० गते।
जिल्ला अधिवेशन: भदौ ६ र ७ गते।
प्रदेश अधिवेशन: भदौ १५ र १६ गते।
केन्द्रीय महाधिवेशन: भदौ २४ देखि २६ गते।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports