नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टीओवी समूहलाई पनि कारवाही गर्न कार्की आयोगको सरकारलाई सिफारिस

1.08K
shares

काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले भदौ २३ र २४ गते प्रर्दशनमा हिंसात्मक घटना गर्न उक्साउने टीओबी समूहलाई पनि कारबाही सिफारिस गरेको छ ।

टीओबी समूहले प्रदर्शनका लागि चाबाहिल ओम अस्पतालनजिक करिडोर हुँदै बिजुली बजारतिर आएको खुलाएको छ ।जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त समूहलाई फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही सिफारिस गरेको हो ।

आयोगको प्रतिवेदन तयार हुनुअघि नै टीओबी समूहलाई प्रहरीले मुद्दा चलाइसकेको छ ।काठमाडौं प्रहरीले टीओबी समूका मुख्य नाइके तेन्जिन दावालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको थियो । आयोगले फागुन २४ मा प्रतिवेदन बुझाएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports