सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एन्फा ३ महिनाका लागि निलम्बन

715
shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाका लागि निलम्बन गरेको छ।

राखेपको कार्यकारी समितिले मिति २०८२ चैत ११ मा गरेको निर्णयअनुसार एन्फालाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) बमोजिम निलम्बन गरिएको जनाएको छ । राखेपले एन्फाले पटक–पटक दिइएको निर्देशन पालना नगरेको निष्कर्ष निकालेको छ।यसअघि राखेपले एन्फालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। एन्फाले पठाएको जवाफ चित्तबुझ्दो नभएको भन्दै राखेपले कारबाहीको निर्णय गरेको जनाएको छ।

राखेपका अनुसार एन्फाले आवधिक निर्वाचनसम्बन्धी प्रक्रिया परिषदको स्वीकृति बिना अगाडि बढाएको, राष्ट्रिय खेलकुद विकास ऐन र नियमावलीको पालना नगरेको तथा बारम्बारको लिखित निर्देशन अवज्ञा गरेको पाइएको छ।राखेपले एन्फाले अन्तर्राष्ट्रिय निकायको निर्देशनलाई आधार बनाएर राष्ट्रिय कानुनको प्राथमिकतालाई बेवास्ता गरेको पनि आरोप लगाएको छ। साथै, स्वायत्त संस्थाको नाममा नियमनकारी निकायको निर्देशनलाई अस्वीकार गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएको छ।

राखेपले अब एन्फालाई निलम्बन अवधिभित्र आफ्ना विधान तथा संरचनामा कानुनअनुसार आवश्यक संशोधन गर्न निर्देशन दिएको छ। परिषदले संघको विधानमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुरूप व्यवस्था समावेश गर्न, निर्वाचन प्रक्रिया कानुनी ढंगले सञ्चालन गर्न तथा परिषदको स्वीकृति लिएर मात्र अगाडि बढ्नुपर्ने शर्त अघि सारेको छ।

राखेपले तोकेका निर्देशनहरू कार्यान्वयन गरी जानकारी गराएमा प्रचलित कानुनअनुसार थप निर्णय गरिने पनि जनाएको छ। एन्फाको निलम्बनसँगै नेपाली फुटबल प्रशासन थप अन्योलतर्फ धकेलिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports