तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन

923
shares

अमेरिका र इरानबीचको वार्ता निष्कर्षविहीन भएको छ।

शनिबार दिउँसोदेखि बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।वार्ता रोकिएपछि उनले होटल सेरेनामै संक्षिप्त पत्रकार सम्मेलनमा भान्सले अहिलेसम्म कुनै समझदारी नभएको बताएका हुन्।’दुःखद पक्ष के छ भने हामी अहिलेसम्म सम्झौतामा पुग्न सकेका छैनौं,’ उनले भने।

उपराष्ट्रपति भान्सले अमेरिकी वार्ता टोलीको नेतृत्व गरेका छन्। उनले इरानले अमेरिकी प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको पनि बताएका छन्।’उनीहरू हाम्रो सर्त मान्न तयार देखिएनन्,’ उपराष्ट्रपति भान्सले भने।वार्ताका सर्तहरू तत्काल सार्वजनिक नगरिने पनि भान्सले बताएका छन्।’तर तेहरानले परमाणु हतियार र त्यसका लागि आवश्यक हतियार विकास गर्दैन भन्ने हामीलाई इरानबाट स्पष्ट र ठोस प्रतिबद्धता चाहिन्छ,’ उनले भने।

अमेरिकाले विशेषगरी इरानको आणविक कार्यक्रमलाई लिएर कडा अडान लिँदै आएको छ। भान्सको भनाइले पनि वासिङ्टनको मुख्य प्राथमिकता इरानलाई परमाणु हतियार विकासबाट रोक्नु रहेको संकेत गर्छ।पत्रकार सम्मेलनपछि भान्सले आगामी कदमबारे भने कुनै स्पष्टता दिएनन्।

विशेषगरी स्ट्रेट अफ हर्मुजको अवस्था र युद्धको भविष्यबारे सोधिएका प्रश्नमा उनले प्रतिक्रिया नदिई बाहिरिएका थिए।अमेरिका र इरानबीच जारी वार्ताबाट तत्कालै समाधान ननिस्किँदा हाल कायम रहेको अस्थायी युद्धविरामको भविष्य अन्योलमा परेको भनेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports