सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केही बाणिज्य बैक र विकास बैकको नाफा बढ्यो, केहीको घट्यो

806
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा सञ्चालित २० वाणिज्य बैंक र ८ राष्ट्रियस्तरका विकास बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिनामै उल्लेखनीय नाफा आर्जन गरेका छन्।

समग्र बैंकिङ क्षेत्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन देखाएको छ, यद्यपि सबै बैंकहरूको अवस्था समान भने छैन।तथ्याङ्कअनुसार २० वाणिज्य बैंकहरूले फागुन मसान्तसम्म कुल ४३ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७.८९ प्रतिशतले बढी हो।

विकास बैंकहरूले पनि ४ अर्बभन्दा बढी नाफा कमाएका छन्। वाणिज्य बैंकमध्ये नबिल बैंक लिमिटेड सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंक बनेको छ भने विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ।यद्यपि, सबै बैंकहरूको नाफा बढेको भने छैन। उपलब्ध विवरणअनुसार ९ वाणिज्य बैंकको नाफा वृद्धि भएको छ भने ११ बैंकको नाफा घटेको देखिन्छ। यसले बैंकिङ क्षेत्रभित्र असमान प्रदर्शन रहेको संकेत गर्दछ।यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नविल बैंकसँगै अन्य बैंकले पछिल्लो ८ महिनामा नाफा २६.०७ प्रतिशतले बढाएर ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ आएको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो। चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा नाफामा दोस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकको नाफा २.२६ प्रतिशतले पढेर ४ अर्ब ६२ करोड रुपैयाँ रहेको देखिन्छ ।समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने कुमारी बैंक र सिद्धार्थ बैंक सबैभन्दा अगाडी देखिएका छन्। कुमारीको नाफा २.७४ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड पुगेको छ भने सिद्धार्थ बैंकको ६८ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको देखिन्छ ।फागुन मसान्तसम्मको अवधिमा क्रमशः एमरेष्ट बैंकको नाफा ३.३५ प्रतिशतले घटेर २ अर्व १० करोड, इन्भेष्टमेन्ट मेगा बैंकको २९.४९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड, प्राइम को ९.६८ प्रतिशतले बढेर २ अर्ब ७४ करोड, एनएमबि बैंकको २.५८ प्रतिशतले घटेर २ अर्ब ६४ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३५.६८ प्रतिशतले बढेर २ अर्ब ३३ करोड, सानिमा बैंकको २३.२१ प्रतिशतले बढेर २ अर्ब ७ करोड, स्टार्डड चार्टड बैंकको ११६.८७ प्रतिशतले घटेर १ अर्ब ८० करोड र प्रभु बैंकको १७.४० प्रतिशतले घटेर १ अर्ब ७४ करोड रुपैयाँ नाफा पुगेको छ ।

यता, माछापुच्छे बैंकको नाफा १ अर्ब ४८ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब ३८ करोड, हिमालयन बैंकको १ अर्ब ३२ करोड, कृषि विकास बैंकको १ अर्ब २२ करोड, नेपाल बैंकको १ अर्ब १८ करोड, सिटिजन्स बैंकको ८० करोड र लक्ष्मी सनराइज बैंकको ६५ करोड रुपैयाँ रहेको छ ।साथै, एनआईसी एशिया बैंकका भने निरन्तर संकटमा पर्दै गइरहेको देखिएको छ । कम्पनीको नाफा विकास बैंकको नाफा भन्दा तल रहेको देखिएको हो । समिक्षा अवधिमा बैंकको नाफा ६२.४० प्रतिशतले घटेर ३० करोड रुपैयाँमा खुम्चिएको हो ।यसका साथै चालु आर्थिक वर्ष २०८२ २०८३ को ८ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुले साढे ४ अर्बभन्दा धेरै नाफा आर्जन गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका ८ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ४ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएका हुन् ।बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को ८ महिनाको अवधिको तुलनामा भने ९.६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा विकास बैंकहरुले ४ अर्ब १८ करोड ७० लाख रुपैयाँ नाफा कमाएका थिए ।समिक्षा अवधिमा २ बैंकको नाफा घटेको देखिएको छ भने ६ बैंकको नाफामा आकर्षक सुधार देखिएको भेटिएको छ । यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । ८ महिनाको अवधिमा बैंकले ९८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको हो ।जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २४.७८ प्रतिशतले बढी हो । फागुन मसान्तसम्मको अवधिमा गरिमा विकास बैंक सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको छ । बैंकले ८ महिनामा ९२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको हो ।

जुन गत आर्थिक वर्षको सोहि अवधिमा ८३ करोड ३८ लाख रुपैयाँ नाफा रहेको थियो । यता, शाइन रेसुङ्गा बैंकको नाफा १५ प्रतिशतले बढेर ६५ करोड रुपैयाँ पुगेको छ भने कामना सेवा विकास बैकले समेत आफ्नो नाफा १२.३० प्रतिशतले बढाएर ५६ करोड २७ लाख रुपैयाँ पुराएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरेको छ ।समिक्षा अवधिमा ज्योति विकास बैंकको नाफा २८.६७ प्रतिशतले बढेर ४६ करोड ३३ लाख र सांग्रिला डेलभपमेन्ट बैंकको २.५८ प्रतिशतले बढेर ४१ करोड ७१ लाख रुपैयाँ रहेको छ । साथै, महालक्ष्मी विकास बैंकको नाफा भने २९.७६ प्रतिशतले घटेको छ ।बैंकले ८ महिनाको सिफारिस अवधिमा ३३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको हो । राष्ट्रिय स्तरका विकास बैंकका लुम्बिनी विकास बैंक सबैभन्दा पुछारमा रहेको छ । बैंकको नाफा १९ प्रतिशतले घटेर २५ करोड १२ लाख रुपैयाँमा सीमित भएको हो ।

विश्लेषकहरूका अनुसार बैंकहरूको नाफा बढ्नुका पछाडि केही प्रमुख कारण छन्। उच्च ब्याजदर, कर्जा लगानीमा स्थिरता, र सेवा शुल्कबाट हुने आम्दानीले बैंकहरूको आय बढाउन सहयोग गरेको छ। साथै, खराब कर्जा (NPL) नियन्त्रणमा राख्न सक्नु पनि नाफा वृद्धिको एक कारण मानिएको छ।अर्कोतर्फ, बजारमा लगानीको अवसर सीमित हुँदा बैंकहरूले सुरक्षित क्षेत्रमा कर्जा प्रवाह बढाएका छन्, जसले जोखिम कम गर्दै आम्दानी स्थिर राख्न मद्दत गरेको देखिन्छ।

राजनीतिक अस्थिरता, आर्थिक गतिविधिमा सुस्तता, तथा उद्योग–व्यवसायमा आएको संकुचनका बीच बैंकहरूको नाफा बढ्नु सकारात्मक देखिए पनि दीर्घकालीन रूपमा यसले केही प्रश्न पनि उठाएको छ।विशेषगरी, वास्तविक अर्थतन्त्र सुस्त हुँदा बैंकहरूको नाफा बढ्नुले “वित्तीय क्षेत्र मात्र बलियो, उत्पादन क्षेत्र कमजोर” भन्ने असन्तुलन देखाउन सक्छ। यदि कर्जा प्रवाह उत्पादनशील क्षेत्रमा विस्तार हुन सकेन भने भविष्यमा बैंकहरूको नाफा दिगो नहुन सक्छ।

नेपाल राष्ट्र बैंक को तथ्याङ्कले बैंकिङ क्षेत्र अझै पनि नाफामुखी अवस्थामा रहेको देखाए पनि यसको गुणस्तर र दिगोपन महत्वपूर्ण प्रश्नका रूपमा उभिएको छ।बैंकहरूको नाफा वृद्धि स्वागतयोग्य भए पनि अब ध्यान उत्पादन, रोजगारी र लगानी विस्तारमा केन्द्रित हुन जरुरी देखिन्छ।

अन्यथा, कागजी नाफाले मात्र अर्थतन्त्रको वास्तविक सुधार सुनिश्चित गर्न सक्दैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports