विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ट्रम्पको आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने धम्की

1.42K
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बुधबारसम्म कुनै ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने धम्की दिएका छन् । शनिबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले बुधबारसम्म ठूलो सम्झौता नभए युद्धविराम अवधि नबढाउने चेतावनी दिएका छन् ।

उनलाई पत्रकारले ‘के तपाईँ युद्धविराम अवधि बढाउनुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । जसको जवाफमा उनले भने, ‘सायद म यो भन्दा अगाडि बढाउने छैन । तर नाकाबन्दी जारी रहन्छ । अपसोच के छ भने हामीले फेरि बमबारी सुरु गर्नुपर्ने हुन्छ ।’यद्यपि आफूलाई केही समय अगाडिबाटै राम्रो खबर मिलेको उनले बताएका छन् । ‘मध्यपूर्वमा इरानका साथ अवस्था धेरै राम्रो हुने सम्भावना देखिन थालेको छ,’ उनले भने ।

अमेरिका र इरानबीचको युद्धविराम सहमतिको समय आगामी बुधबार(अप्रिल २२)मा सकिँदैछ । यही बीचमा पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएको थियो  दुर्व देशबीच फेरि वार्ताको सम्भावना रहेको बताइन्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports