जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय लोकसभामा संविधान संशोधन विधेयक पारित, असफल सत्ताधारी दललाई ठुलो झडका

546
shares

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी सांसद एवं नेत्री प्रियंका गान्धीले लोकसभामा संविधान संशोधन विधेयक असफल हुनुलाई लोकतन्त्रको ठूलो जितको संज्ञा दिएकी छन् । उनले यसलाई सरकारी षड्यन्त्र पराजित भएको पनि बताएकी छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मोदी सरकारले लोकतन्त्रलाई कमजोर बनाउने र देशको संघीय ढाँचा परिवर्तन गर्ने गरेको प्रयासलाई विपक्षी एकताले पराजित गरिदिएको दाबी गरिन्।गान्धीका अनुसार, यो हार सत्ता पक्षका नेताहरूको अनुहारमा स्पष्ट देखिएको र यसले संविधान तथा देशको जित सुनिश्चित गरेको छ।

उनले सरकारको नियतमाथि प्रश्न उठाउँदै भनिन्, ‘यो केवल महिला आरक्षणको कुरा मात्र थिएन, बरु यसलाई परिसीमनसँग यसरी जोडिएको थियो जहाँ सरकारले जातिगत जनगणनाको तथ्याङ्क नहेरी आफ्नो मनमानी गर्न पाओस्।‘विपक्षी दलहरू एकजुट हुँदा सरकारको मनोमानीलाई कसरी रोक्न सकिन्छ भन्ने उदाहरण यो घटनाले पुष्टि गरेको उनको तर्क थियो।

सरकारले यस दिनलाई ‘ब्ल्याक डे‘ भनेको सन्दर्भमा टिप्पणी गर्दै प्रियंकाले भनिन्, ‘मोदी सरकारलाई पहिलो पटक ठूलो धक्का लागेको छ, त्यसैले उनीहरू यसलाई कालो दिन भनिरहेका छन्। तर लोकतन्त्र बचाउन यो धक्का लाग्नु एकदमै जरुरी थियो।‘उनले सरकारको प्रचारबाजी र मिडियाबाजीलाई अब देशका महिलाहरूले बुझिसकेको र यस्तो नाटक अब धेरै दिन नचल्ने चेतावनी समेत दिइन्।

शुक्रबार लोकसभामा प्रस्तुत गरिएको १३१औँ संविधान संशोधन विधेयक मतदानका क्रममा आवश्यक बहुमत जुटाउन नसक्दा विफल भएको थियो, जसलाई विपक्षीले आफ्नो रणनीतिक सफलताको रूपमा लिएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports