आज आइतबारको मौसम : यी प्रदेशमा हल्का बर्षाको सम्भावना
वि.सं.२०८३ वैशाख ६ आइतवार १०:१३
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भाग लगायत बाँकी हिमाली भू–भागमा साधारणता बादल लागेको छ । मधेश र कोशीको तराई भू–भागमा आंशिक बादल लागेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणता बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।यस्तै, आज राति देशका हिमाली भू–भागमा साधारणता बादल लाग्ने, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।





































