कांग्रेसका नेता पूर्णबहादुर खड्काले १५ गते बोलाए आफूपक्षका नेताको बैठक
वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१९
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका छन् ।
खड्काले वैशाख १५ गते निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिको भेला बोलाएका हुन् । उनले वैशाख १५ मा महाराजगन्जस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिलाई उपस्थित हुन भनेर खबर पठाएका छन्।
सर्वोच्च अदालतले वैशाख ४ मा गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि बस्ने लागेको बैठकमा खड्का समूहले आन्तरिकण रणनीति बनाउने नेताहरू बताउँछन् । निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार भेलामा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापति सहभागी हुनेछन् ।
वैशाख ६ गते सभापति थापाले निवासमै पुगेर खड्कासँग भेटवार्ता गरेका थिए। नेताहरूका अनुसार अहिले सबै मिलेर जानुपर्ने आवश्यकता देखिएको भन्दै थापा र खड्काबीच कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुराकानी भएको थियो।
सभापति थापासँग एकताका लागि ठोस प्रस्ताव ल्याउन खड्काले आग्रह गरेका थिए । थापासँग दोस्रो चरणको छलफल नहुँदै खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन् ।






































