सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैङ्कका डेपुटी गभर्नर पण्डितको सम्पत्ति विवरण सार्वजनिक

338
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनको परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको उल्लेख छ ।

काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने उक्त सम्पत्तिको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण भएको जनाइएको छ ।यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको उल्लेख छ भने आमाको नाममा काठमाडौंको सामाखुशीमा साढे २ तले घर रहेको र उक्त सम्पत्ति पैतृक भएको जनाइएको छ ।पण्डितले आफ्नो व्यक्तिगत सम्पत्तिमा २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको उल्लेख गरेका छन र उक्त सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन भएको उल्लेख छ ।

त्यस्तै उनले नेपाल राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत रहेको उल्लेख गरेका छन् । साथै विभिन्न कम्पनीमा ७ सयभन्दा बढी कित्ता शेयर लगानी रहेको पनि उल्लेख गरिएको छ । त्यस्तै उनले आफ्नो सम्पत्ति विवरणमा श्रीमतीको नाममा इ२० महिन्द्रा इभी गाडी र २ मोटरसाइकल तथा आफ्नो नाममा एक मोटरसाइकल रहेको उल्लेख गरेका छन् ।पण्डित चैत २४ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports