विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज ओमान प्रस्थान गर्ने नेपाल : टी-२० विश्वकप छनोट खेल खेल्न

663
shares

लगातार दुई पटक विश्व छनोटमा असफल भएको नेपालले आगामी महिना आइसिसी टी-२० विश्वकप २०२२ का लागि विश्व छनोट खेल्दैछ।

ओमानमा आगामी फागुन* ६ गतेदेखि हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्। समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छ्न्।समूह १ र  २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

विश्वकप छनोटका लागि नेपालले स्वदेशमा आइतबार अन्तिम तयारी गर्‍यो। आज मंगलबार ओमान प्रस्थान गर्ने नेपालले यसपटक विश्वकपमा छनोट हुने लक्ष्य लिएको छ।कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछानेले यसपटकको विश्वकपमा छनोट हुनका लागि नेपाल तयार रहेको प्रतिक्रिया दिएका छन्। उनले आफ्नो मात्र नभइ सारा नेपालीको इच्छा नेपालले विश्वकप खेलेको हेर्ने भएको बताएका छन्।

उनले विश्वकपअघि टिममा रहेका सिनियर खेलाडीको सल्लाहमा अघि बढ्ने बताएका छन्।

oil ad long

दोस्रो पटक नेपालको प्रशिक्षक नियुक्त भएर अघिल्लो महिना नेपाल आएका पुबुदु दसानायाकेले पनि  यसपटक नेपालका लागि विश्वकपमा छनोट हुने ठूलो अवसर रहेको बताएका छन्। तर त्यसका लागि सजिलो भने नभएको उनको भनाइ छ।चार टिम भएको समूहमा खेल्दा सधैं गाह्रो हुने पुबुदुको भनाइ छ। त्यसका लागि नेपालले हरेक खेलमा राम्रो खेल्नु पर्ने उनको भनाइ छ।

अहिले टी-२० क्रिकेटमा कुनै पनि टिमलाई कमजोर मान्न नहुने पुबुदुले बताए।नेपालले विश्वकप छनोटअघि ओमानमै चार टिम सम्मिलित टी-२० सिरिज खेल्नेछ।सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टिमबीच प्रतिस्पर्धा हुनेछ। विश्वकपअघि नेपालले तयारीस्वरुप सिरिज खेल्न लागेको हो। सिरिज माघ २८ सुरु भएर फागुन २ मा सकिनेछ। नेपालले पहिलो खेल माघ २८ मा ओमान, दोस्रो खेल माघ २९ मा युएई र  तेस्रो खेल फागुन २ मा  आयरल्यान्डसँग खेल्नेछ।

विश्वकप छनोटअघि टी-२० सिरिज खेल्दा नेपाललाई फाइदा हुने कप्तान सन्दीप र प्रशिक्षक पुबुदुको भनाइ छ। सिरिजबाट आफ्ना कमजोरी पत्ता लगाउँदै विश्वकप छनोटका लागि तयारी गर्ने प्रशिक्षक पुबुदुले बताए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports