सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली एमसीसी बिरूद्द १८ दलले काठमाडौंमा बिरोध प्रदर्शन गर्ने

494
shares

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध भोलि संसदबाहिर रहेका १८ वटा राजनीतिक दलले काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् ।संसदबाहिर रहेका १८ वटा राजनीतिक दल, विभिन्न संघसंस्था र अभियानहरूको मोर्चा संयुक्त जनआन्दोलनले एमसीसीको बिरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । हिजो सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संयुक्त जनआन्दोलनले भोलि दिउँसो १२ः३० बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई बानेश्वरतर्फ विरोध र्यालीको रूपमा गई विरोधसभा गर्ने कार्यक्रम रहेको छ । जनआन्दोलने ठूलो संख्यामा विरोध–प्रदर्शन र जनसभामा सहभागी भई राष्ट्रघाती एमसीसी–सम्झौतालाई अस्वीकार गर्न, सरकारमाथि सशक्त दबाब दिन देशभक्त नेपालीहरू र विशेष गरी उपत्यकामा रहेका नागरिकहरूलाई अपिल समेत गरिएको छ ।

नेकपा मालेका महासचिव सिपी मैनालीले एमसीसी खारेज गर्नका लागि माघ २६ गते विरोध कार्यक्रम राखिएको बताए । उनले देश बचाउन र देशको सार्वभौममसत्ताको लागि सबै जनता उठ्न पर्ने बताएका छन् । नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक (२०७४ साल भाद्र)मा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने नलेखिएको उनको भनाइ छ ।

‘नेपाल सरकार र एमसीसीबीच भएको पहिलो पटक २०७४ साल भाद्रमा हस्ताक्षर हुँदा सुरुमै संसदबाट अनुमोदन गर्ने लेखिएको थिएन,’ मैनालीले भने, ‘त्यसलाई १ वर्षपछि संसदबाट अनुमोदन गर्ने एमसीसी हेडक्वाटरबाट नेपालमा लिखत आयो यहाँका शीर्ष नेता, कर्मचारीहरूले विगतको नजिर पनि हेर्दै नहेरी पास गर्न अगाडि बढेका छन् । विगतका नजिर नहेरी यस्ता सम्झौता–सन्धीहरू नेपाल सरकारले पारित गरेको इतिहास छैन ।’

त्यस्तै स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक तथा अधिवक्ता स्वागत नेपालले एमसीसी जबरजस्ती अनुदान भनेर नेपालीलाई सरकारले कोच्याउन खोजेको आरोप लगाए । कुनै पनि देशबिच हुने आर्थिक सम्झौतामा जनता प्रत्यक्ष मारमा पर्ने उनले बताए । नेपालले नेपालमा एमसीसी सम्झौता लागू भए पनि असफल हुने जिकिर गरे ।

एमसीसी पास गर्न समय दिएमा नेपालमा थप रक्तपात हुने पनि उनले चेतावनी दिए । उनले भने, ‘एमसीसी पास गर्न थप समय दिएमा नेपालमा थप रक्तपात हुन्छ त्यसकारण एमसीसी कुनैपनि हालतमा नेपालमा पास गर्न दिन हुँदैन् ।’ यसले नेपालमा मात्र नभएर अमेररिकालाई पनि नोक्सान हुने उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports