kumari
stcnepal

अपेक्षा विपरित शेयर बजार दोहोरो अङ्कले घट्यो

 

सरकारले सोमबार चुनावको मिति घोषणा गरेपछि शेयर बजार माथि जाने धेरैको अनुमान थियो तर अपेक्षा विपरित शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

१६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २८३५ विन्दुमा आएको थियो । बजार खुल्नासाथ आक्रामक बढेको नेप्सेले २९ सय १९ को विन्दुमा समेत छाएर फर्केको थियो । भोलि बजार के हुन्छ भन्ने निश्चित नभएका कारण आज बढेको दिन बेच्न खोज्ने लगानीकर्ताका कारण बजार घटेको जानकारहरूको भनाई छ ।

ime long ad

नेप्से घटे पनि कारोबार रकम भने औसत छ । २३० कम्पनीहरूको ६ अर्ब माथिको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य ४० कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ ।

अरुण भ्याली जलविद्युतको धेरै मूल्यको शेयर किनबेच हुँदा जीवन बीमा समूहको उपसूचक धेरै अङ्कले घटेको छ । साथै अन्य उपसूचक रातो बनेको छ ।

 

footer