सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुशलको शतकमा नेपालले अमेरिकालाई ९ विकेटले हरायो

338
shares

आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकालाई पराजित गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको फराकिलो जित निकालेको हो।नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक साबित भए। शतकसँगै नटआउट प्रदर्शनले नेपालले १९६ रनको लक्ष्य ३६.४ ओभरमै पूरा गर्‍यो। भूर्तेलले ११८ बल खेलेर १२० रन बनाए। उनले १३ चौका र ४ छक्का प्रहार गरे।

एकदिवसीय अन्तर्राष्ट्रियमा भूर्तेलको यो दोस्रो शतक हो।खलमा अर्का ओपनर आशिफ शेखले पनि अर्धशतक बनाएका थिए।उनले ७२ बलमा ५८ रन बनाएका थिए।पहिलो एकदिवसीय खेलेका इशान पाण्डे ३० बलमा २० रन बनाउँदै नट आउट रहे।यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभर खेल्दै १९५ रन बनाएको थियो।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए। सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एक/एक विकेट लिए।शुभम रन्जने र मोहम्मद मोशिन रन आउट भएका थिए।

अमेरिकाका लागि कप्तान तथा ओपनर स्मित पटेलले सर्वाधिक ८३ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का हाने।

शेहान जयसुरियाले ५३ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरी ५० रन जोडे। मिलिन्ड कुमारले २८ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब थियो। सोही अनुसारको प्रदर्शनले नेपालले सजिलै परिणाम आफ्नो पक्षमा पारेको छ।जितसँगै सातौं स्थानमा रहेको नेपालले २० अंक बनाएको छ।छैटौं स्थानमा रहेको क्यानडाको २१ अंक छ। उसले २ खेल कम खेलेको छ। पाँचौं स्थानमा रहेको नामिबियाको २२ अंक छ। उसले नेपालको भन्दा २ खेल बढी खेलेको छ।पुछारमा रहेको युएईको १४ अंक छ। उसले नेपालले भन्दा २ वटा खेल कम खेलेको छ।

नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा सिधा छनोट हुन अब बाँकी रहेका सबै खेल जित्नुपर्छ। लिग-२ मा अब नेपालले १० वटा खेल खेल्न बाँकी छ।एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ स्थानमा रहनु आवश्यक छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports