नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले बनाएको कार्यदलमा को को छन सदस्य ?

923
shares

नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा नेतृत्वको पुनर्गठनको नामै सुन्न नचाहेको विषय खुलाएका छन्।

उनले भने, ‘पुनर्गठनको नामै सुन्न नचाहने, एजेन्डानै प्रवेश गर्न नदिने जस्तो कुरा थियो। समीक्षा र पुनर्गठनलाई एकठाउँ राखेर पार्टीमा यो जरुरी छ भन्ने महसुस भयो।’उनले यो कार्यदलले असार १० गतेभित्र प्रदेश, जनसंगठनको राय लिएर प्रतिवेदन पेस गर्ने जानकारी दिए।

‘पुनर्गठनको मोडालिटी, प्रक्रिया के हुन्छ भन्ने छलफल कार्यदलमा हुन्छ,’ उनले भने।नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गरेको छ।

कार्यदलमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य रहेका छन्। त्यस्तै अन्य सदस्यहरूमा ९ प्रदेशका इन्चार्ज छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports