नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम : कतै मेघगर्जनसहित वर्षा त कतै तातो हावा चल्ने

1.11K
shares

काठमाडौँ । हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा अहिले साधारणतया बादल लागेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएका छन्।मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बादल लागेको छ भने बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ।

सोमबारको मौसमलाई हेर्दा कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने देखिन्छ। मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली हुने र बाँकी तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मौसम खराब हुन सक्छ। त्यस्तै मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ।यस विपरीत पश्चिम नेपालका भू-भागमा भने गर्मीले जनजीवन प्रभावित बनाउने देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन हुने तथा तराई भू–भागमा अत्यधिक गर्मीका साथ तातो लहर ‘लू’ चल्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports