क्यानद्धारा खेलाडी वर्गीकरण : पहिलो पटकए प्लस क्याटेगोरीमा तिन खेलाडी
वि.सं.२०८३ जेठ ११ सोमवार १९:२१
shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले २०२६ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ । पहिलोपटक तीन जना खेलाडी ए प्लस क्याटेगोरीमा परेका छन् ।
यसअघिका वर्षहरुमा ‘ए प्लस’ क्याटेगोरी थिएन । अहिले ए प्लससहितका ५ क्याटेगोरीमा ३८ जना पुरुष खेलाडीलाई समेएिको छ ।एक दिवसीय कप्तान रोहित पौडेल, टी २० कप्तान दिपेन्द्र सिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ए प्लसमा परेका हुन् । उनीहरुले जनही मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।






































