linktrix Long Ad
Salt Trading Long Ad

विश्वकप : नर्वेलाई पराजित गर्दै इंग्ल्याण्ड सेमिफाईनलमा प्रवेश

468
shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

मियामीमा भएको खेलमा एन्ड्रियास स्जेल्डरपको उत्कृष्ट गोलको मद्दतले नर्वेले ३६ औं मिनेटमा १–० को अग्रता लियो । तर त्यसको ११ मिनेटपछि नै जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डका लागि खेल बराबरीमा ल्याए ।पहिलो हाफको समाप्तिसम्म खेल १–१ को बराबरीमै रह्यो ।

दोस्रो हाफमा नर्वेले उच्च मनोबलका साथ आक्रमणको प्रयास गरे पनि गोल गर्न भने सकेन ।निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो ।अतिरिक्त समयको सुरुवातमै इंग्ल्यान्डका लागि बेलिङ्घमले नै उत्कृष्ट गोल गरे । उनले ९३ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए ।

इंग्ल्यान्डले अतिरिक्त समयको पूरै ३० मिनेटसम्म यो अग्रता कायम राख्यो र खेल २–१ ले जित्दै सन् २०१८ यता पहिलोपटक सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

अब सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports