गणेश नेपालीको शव बुझ्न दवाव दिएपछि गणेशका बाबुले गरे आत्महत्याको प्रयास
वि.सं.२०८३ असार २८ आइतवार ०८:५३
shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनका बुबाले शनिबार आत्महत्याको प्रयास गरेका छन् ।
परिवारका अनुसार सरकारले शव बुझ्न दबाब दिएपछि शोकमा रहेका बुबाले आफ्नै घाँटी न्याक्न खोजेका थिए । आफन्तले तत्काल रोकेका थिए ।गणेशको परिवार र सरकारबीच पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुवै पक्षबीच छलफल भए पनि सहमति हुन सकेको छैन ।
पठाओ चालक रहेका गणेशले महानगर प्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । उनको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको थियो ।गणेशको शव शुक्रबार राति वीर अस्पतालबाट महाराजगंजस्थित टिचिङ अस्पतालमा लगेर राखिएको छ ।


































