पूर्व गृहसचिव पोखरेलको निधन
वि.सं.२०८३ असार २८ आइतवार ०९:४१
shares

काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ ।
उनका भाइ तथा पूर्वएसपी विश्वमणि पोखरेलका अनुसार बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति उनको निधन भएको हो ।
छोराछोरी अष्ट्रेलियाबाट काठमाडौं आइपुगेपछि उनको अन्त्येष्टि गरिने छ । उनका १ छोरा र ३ छोरी छन् ।


































