विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाद्धारा इरानमाथि तेस्रो चरणको आक्रमणा सुरू गरेको घोषणा

312
shares

काठमाडौँ । अमेरिकी सेनाले इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण सुरु गरेको घोषणा गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि खुला रूपमा आक्रमण गरेको आरोप लगाएपछि नयाँ आक्रमण सुरु गरिएको जनाएको छ।सेन्टकमका अनुसार आक्रमणपछि जहाजमा आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको छ।

त्यसका कारण जहाजले आफ्नो यात्रा जारी राख्न सकेन भने एक चालक दलका सदस्य अझै बेपत्ता छन्।अमेरिकी सेनाले जुन १६ मा भएको शान्ति सम्झौताअन्तर्गत इरानलाई आफ्नो प्रतिबद्धता देखाउने अर्को अवसर दिइएको भए पनि उसले त्यसको पालना गर्न असफल भएको दाबी गरेको छ।सेन्टकमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘व्यापारिक जहाजहरूमाथिका अघिल्ला आक्रमणका लागि जवाफदेही बनाइएपछि पनि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर दिइएको थियो, तर उसले फेरि त्यसमा असफलता देखाएको छ।’

वक्तव्यमा थप भनिएको छ, ‘यसको प्रत्युत्तरस्वरूप अमेरिकाले इरानको नागरिक जलयात्री तथा होर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि आक्रमण गर्ने क्षमतालाई कमजोर पार्न निरन्तर सैन्य कारबाही गरिरहेको छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports