विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

११ महिनामा बाणिज्य बैकहरूको नाफा १९ प्रतिशतले बढ्यो, ११ महिनामा ६४ अर्ब भन्दा बढी, कुन बैकको कत्ति नाफा ?

260
shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ। बैंकहरूले सार्वजनिक गरेका जेठ मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकले संयुक्त रूपमा ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो। यस वर्ष नाफा करिब १९ प्रतिशतले वृद्धि भएको देखिन्छ।नाफाको आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस अवधिमा कुमारी बैंकले नाफामा सबैभन्दा उच्च वृद्धिदर हासिल गरेको छ। बैंकले ४ अर्ब ७० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ३७ करोड ९ लाख रुपैयाँको तुलनामा करिब ११६८.४५ प्रतिशतले बढी हो।यस्तै, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र एनएमबी बैंक पनि उच्च नाफा कमाउने बैंकहरूको सूचीमा परेका छन्। अधिकांश बैंकहरूको नाफा बढ्दा केही बैंकको नाफामा भने सामान्य गिरावट देखिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports