विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटे

390
shares

काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईलाई सबै जनालाई शुक्रबारै छाडिएको बताए । ‘हामीले कसैलाई पक्राउ गरेका थिएनौं । सोधपुछका लागि बोलाएका थियौं । काम सकिएपछि सोही दिन छाडिएको हो,’ उनले भने ।

महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वीललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरूलाई छाडेको हो ।

यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports