राप्रपाको बैठक जारी, के गर्ला निणॅय ?
वि.सं.२०७८ माघ २७ बिहीवार १४:५६
shares

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा भएको बैठकमा पूर्वअध्यक्ष पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीको समेत सहभागिता रहेको छ ।
पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको बैठकलाई महत्वका साथ गरिएको छ । बैठकमा थापा पक्षीय भनेर चिनिएका पदाधिकारीहरुको पनि सहभागिता छ ।






































