सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थप १,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको निधन

403
shares

पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या नौ लाख ३० हजार ६०७ जना छन् ।कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर काेरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको छ ।

काठमाडौं उपत्यका कति थपिए

काठमाडौं उपत्यकामा बिहीबर ३२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीमा ५६, मोरङमा ५०, लमजुङमा ४५, कैलाली ३४, सुनसरी ३१, झापा ३०, चितवन र रुपन्देहीमा २३/२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जा १८, धनुषा १७, काभ्रेपलान्चोक १६, महोत्तरी, धादिङ र दाङ १५/१५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports