अमेरिकी राष्ट्रपति ट्रम्पको दावी : इरानसँग आज नयाँ चरणको वार्ता सुरु हुन्छ
वि.सं.२०८३ साउन १८ सोमवार ०९:२३
shares

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) देखि इरानसँग नयाँ चरणको वार्ता हुने दाबी गरेका छन्।
मध्यपूर्वमा रहेका सहयोगी देशको आग्रहमा इरानमा गर्ने भनिएको ठुलो आक्रमण स्थगन गरेर वार्ता सुरु गर्न लागिएको उनको भनाइ छ।ट्रम्पले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई भने, ‘अमेरिका र इरानबlचको वार्ता सोमबार दिउँसो सुरु हुनेछ।’
यद्यपि उनले वार्ता कहाँ हुन्छ र को-को सहभागी हुन्छन्लगायत विस्तृत कुरा बताएनन्।यसअघि आइतबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका थिए, ‘इरान र मध्यपूर्वमा रहेका अमेरिकाका सहयोगीहरूले मलाई सैन्य कारबाही रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको रूपरेखा लगभग पूरा भइसकेको छ।’
उता इरानको अर्ध-सरकारी समाचार एजेन्सी मेहरले भने इरानले अमेरिकालाई सैन्य हमला स्थगन गर्न अनुरोध नगरेको र ट्रम्पको दाबी ‘नयाँ झुट’ भएको टिप्पणी गरेको छ।इरानी सञ्चारमाध्यमका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानको मध्यस्थतामा जारी हर्मुज स्ट्रेटसँग सम्बन्धित सम्झौताको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्।




































