भोटेकोशी बाढी : निधन हुनेको सख्या १ हजार २५२ पुग्यो
वि.सं.२०८३ भदौ १८ बिहीवार १४:४१
shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको सूचना अनुसार बेपत्ता भएका मध्ये एक हजार २५२ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकवटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको हो ।
बाढीमा परेर अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जानकारी दिएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।



































