यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसिसी प्रिमियर कपमा नेपाललाई लगातार दोस्रो सफलता

182
shares

मलेसियामा भइरहेको एसिसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले बिहीबार भएको खेलमा घरेलु टोली मलेसियामाथि ६ विकेटको जित निकालेको हो।

१०४ रनको लक्ष्य पछ्याउँदा नेपालले ४ विकेटको क्षतिमा २१.४ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले नटआउट ४५ रन बनाए। उनले ६८ बल खेलेर ४ चौका प्रहार गर्न सके। तर त्यसअघि आसिफ शेख शून्य र देव खनाल २ रनमा आउट भए। इशान पाण्डेले २९ बलमा २० रन जोड्न सके। रोहित पौडेल १६ बलमा १० रन जोडेर आउट भए भने दीपेन्द्रसिंह ऐरीले ११ बलमा नटआउट १२ रन बनाए।

घरेलु टोली मलेसियाविरूद्ध नेपालका करण केसीले चार विकेट लिए। यससँगै टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो। उसका लागि कप्तान सयद अजिजले सबैभन्दा बढी ३० रन बनाए। सुरुवाती ओभरदेखि नै उत्कृष्ट बलिङ गरेको करणले चार विकेट लिँदा दुई ओभरमा मेडन फ्याँके। उनले ७.३ ओभरमा २३ रन खर्चिए। ललित राजवंशीले २ विकेट लिने क्रममा ६ ओभरमा १ मेडन फ्याँके भने १९ रन दिए।

कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिन सफल भए। समूह ‘ए’ मा यसअघि पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको थियो। नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।

समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ। २०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports