२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

858
shares

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए ।त्यसअघि इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए । आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।

साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए । यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेलपछि समूहविजेताको टुङ्गो लाग्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports