यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टनेलहरू ब्रेक थ्रु नभएसम्म खोजी कार्य जारी रहन्छ : नेपाली सेना

208
shares

काठमाडौं । नेपाली सेनाले भोटेकोशी बाढीले पुरिएका वा थुनिएका जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने बताएको छ ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सबै टनेलको ब्रेक थ्रु नभएसमम खोजी जारी रहने जानकारी दिएका हुन् ।

सरकारले नखोज्ने निर्णय गरेको अवस्थामा बाहेक सबै सुरुङ ‘ब्रेकथ्रु’ नभएसम्म निरन्तर खोज तथा उद्धार जारी राखिने सहायक रथी थापाको भनाइ छ । ‘जबसम्म टनेलहरू ब्रेक थ्रु हुँदैन तबसम्म खोज जारी रहन्छ,’ उनले भने ।

बाढीले प्रभावित जलविद्युत आयोजनाहरुमा करिव १ सय २१ जना नागरिक फसेको अनुमान सेनाले गरेको छ । रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्ट सम्म पुगी खोजी कार्य गरिएको सहायक रथी थापाले बताए ।

त्यस्तै त्रिशूली–३ ए मा को पावरहाउस तथा टनेलमा सेनाको फौज रेस्क्यु इक्वीपमेन्ट सामग्री सहित निरन्तरता खोजमा लागि रहेको उनले जानकारी दिएका छन् । त्रिशूली–३ बी मा अडिट २ बाट फौज छिरेर अडिट १ बाट निस्किएको र अडिट २ टनेलबाट एक्साभेटर लगायतका उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको समेत उनको भनाइ छ ।

त्यसैगरी चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो फाल्ने काम गरेको, माथिल्लो त्रिशुली १ मा विदेशी सहितको टोलीले थप खोजी कार्य गरेको थापाले बताए । सहायक रथी थापाले जलविद्युत आयोजनाको टनेलमा भएको क्षतिलाई आंकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports