यहि भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपाल र नेपाली जनताको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशीको बाढीमा परि निधन भएकाप्रति एमाले अध्यक्ष ओलीद्धारा श्रद्धाञ्जली, राहत र पुननिर्माण प्रभावकारी बनाउन सरकारसँग माग

247
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ ।

बाढीमा ज्यान गुमाएकाहरूको १३औँ पुण्यतिथिका अवसरमा सोमबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकप्रति पार्टी र आफ्नो तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।उहाँले बाढीबाट भएको अकल्पनीय क्षतिले आफूहरूलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

बाढीपछि बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश तथा स्थानीय सरकार, स्थानीयवासी, विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय समुदायप्रति ओलीले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।हराइरहेका नागरिकको सकुशल उद्धार हुने आशा व्यक्त गर्दै उहाँले खोजी तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

साथै, बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई अझ प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन सरकार तथा सम्बन्धित निकायसँग अध्यक्ष ओलीले जोडदार माग गर्नुभएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports