भोटेकोशी बाढी : निधन हुनेको सख्या १ हजार ३८६ पुग्यो, ४ हजार ८९ जना सम्पर्क बिहीन
वि.सं.२०८३ भदौ २७ शनिवार ११:००
shares

दौ १० को भोटेकोसी बाढीमा परेकामध्ये हालसम्म १ हजार ३८६ जनाको मृत्यु पुष्टि भएको छ।
नेपाल प्रहरीले शुक्रबार राति ८ बजेसम्म बाढीमा ५४२ पुरुष, ३३४ महिला र ५१० आंशिक अंग गरी कुल १ हजार ३ सय ८६ जनाको मृत्यु भएको पुष्टि गरेको हो।बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता छन्। जसमा स्वदेशी नागरिक २ हजार ९ सय ७ पुरुष र ५ सय ७२ महिला गरी ३ हजार ४ सय ७९ जना छन्।
यस्तै भोटेकोसी बाढीपछि ६ सय १० विदेशी नागरिक हराइरहेका छन्। जसमा ३२८ महिला, २७२ पुरुष र अन्य १० जना रहेको प्रहरीले जनाएको छ।



































