नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनियाँ राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन दिल्ली पुगे

845
shares

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलन २०२६ मा सहभागी हुन भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

जिनपिङ सवार विमान नयाँदिल्लीस्थित पालम एयरबेसमा अवतरण गरेको हो ।सी यसअघि सन् २०१९ मा भारत आएका थिए । त्यतिबेला चेन्नईनजिकै मामल्लापुरममा भारत र चीनका नेताबीच अनौपचारिक शिखर वार्ता भएको थियो ।

यसैबीच, भारतका लागि चिनियाँ राजदूत शु फेहोङले शुक्रबार राति सामाजिक सञ्जाल एक्समा चीन र भारत राष्ट्रपति सी जिनपिङ तथा प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने द्विपक्षीय बैठकको तयारीमा जुटिरहेको बताएका छन् ।जिनपिङ नयाँदिल्ली पुग्नुअघि चाइना सदर्न एयरलाइन्सले ६ वर्षपछि भारत र चीनबीचको प्रत्यक्ष हवाई सेवा पुनः सुरु गर्ने घोषणा गरेको छ ।

समाचार संस्था पीटीआईका अनुसार एयरलाइन्सले शनिबार सेप्टेम्बर २१ देखि ग्वाङ्झाउ–नयाँदिल्ली उडान पुनः सञ्चालन हुने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports