सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुखले बोलाएको बैठकमा एमाले नजाने

598
shares

समसामयिक विषयहरूमा छलफल गर्न भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) सहभागी नहुने भएको छ ।

सभामुख सापकोटाको असंवैधानिक कदमका कारण अवरुद्ध भइरहेको सदन खुलाउने प्रयत्नस्वरुप आयोजना गर्न लागिएको बैठकमा एमालेले आफ्नो सहभागिता नरहने बताएको हो ।

‘सभामुखज्यूको असंवैधानिक निर्णयका कारणले अहिले संसद अवरुद्ध अवस्थामा छ, यस्तो अवस्थामा सर्वदलीय बैठकको कुनै औचित्य नै छैन,’ एमाले केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘उहाँ (सभामुख)को निर्णय सच्याउनका लागि किन सर्वदलीय बैठक चाहियो ?’

पाँचदलीय गठबन्धन र सर्वोच्च अदालतको परमादेशबाट सरकार गठन भएयताका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports