आइसीसी पुरूष लिग -२ ओमानलाई जित्नै पर्ने दवावमा नेपाल
वि.सं.२०८३ कात्तिक २ सोमवार १२:०४
shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा आज घरेलु टोली ओमानको सामना गर्दा नेपाल जित्नैपर्ने दबाबमा छ ।
खेल ओमानको अल अमिरेत रंगशालामा नेपाली समयअनुसार सोमबार बिहान ११ः१५ बजे सुरु हुनेछ ।लिग–२ को अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गर्न सके मात्र छैटौँ स्थान पक्का हुनेछ । नत्र सातौँ स्थानमै रहेर लिग टुंगाउने छ ।
नेपाल पराजित भए क्यानडाको शीर्ष ६ पक्का हुनेछ ।नेपालले यसअघि नै विश्वकप छनोट खेल्ने अवसर चुकाइसकेको छ । तर, प्लेअफ खेल्ने छ ।नेपाल ३५ खेलमा २८ अंकसहित सातौँ स्थानमा छ । यता, ओमान भने ३१ खेलमा ३३ अंकसहित चौथो स्थानमा रहँदै एकदिवसीय विश्वकपमा छनोटमा स्थान बनाइसकेको छ ।
सुरुआती दुई खेलमा ओमान र क्यानडालाई हराएको नेपाल पछिल्लो खेलमा भने क्यानडासँग पराजित भएको हो ।यता, पहिलो खेलमा क्यानडाविरुद्व जित निकालेको ओमान नेपाल र क्यानडासँग पराजित भएको थियो ।



































