सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले भोली बोलायो संसदीय दलको बैठक

572
shares

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन्।

पदीय आचरण र व्यवार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेकोलगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदरूको हस्ताक्षर गर्न लगाएको थियो।

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई नै जानकारी नगराएको भन्दै असन्तुष्टि देखिएको छ । आइतबार बसेको पदाधिकारी बैठकमा पनि नेताहरूले यसबारे पार्टीमा पहिले छलफल नभएको बताएका थिए । मंगलबार बस्ने दलको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुने कांग्रेसका नेतारू बताउँछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports