जुन खोप लगाएको भए पनि अरूखोप लगाउन मिल्छ : स्थास्थ्य मन्त्रालय
वि.सं.२०७८ फागुन ५ बिहीवार ०९:०९
shares

जोन्सन एण्ड जोन्सन खोप लगाएकाले पनि कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना वा फाइजर खोप लगाउन मिल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजका रुपमा जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिहरूलाई ६ महिना पछि उपलब्ध भएमा सोही खोप, तर नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने जनाएको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले बुधबार जारी गरेको परिपत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस महाशाखाको प.सं. २०७८-७९ च.नं. ९७० मिति २०७८-१०-२७ गतेको पत्र अनुसार कोभिड-१९ विरुद्धको खोपको बुस्टर मात्राको हकमा १८ वर्ष पुरा गरेका सम्पूर्ण व्यक्तिहरूलाई पुरा मात्रा (पहिलो शृङखला) लगाएको ६ महिना पछि उपलब्धताको आधारमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप प्रदान गर्ने भनी परिपत्र भइसकेको अवस्थामा विभिन्न जिल्लाबाट ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरूलाई के गर्ने भनी जिज्ञासा आइरहेको सन्दर्भमा जोन्सन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूलाई पनि ६ महिना पछि उपलब्ध भएमा सोही खोप, तर नभएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने ब्यहोरा जानकारीको लागि अनुरोध छ।’





































