प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन वटा एआईजी को दरबन्दी थप्ने निर्णय

637
shares

नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायत प्रतिष्पर्धी छन्।

थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी पन्त, कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीको लबइङ तीब्र छ । उनीहरुमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् । सिंह, धानुक र सुवेदीमध्ये जोसुकै एआईजीमा बढुवा भए भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । उनीहरुको ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा यसअघि नै एआईजी बनिसकेका छन् ।

हालका आईजीपी थापाले १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् । उनको अवकाशपछि विश्वराज, सहकुल र अहिले एआईजीमा बढुवा हुने उनको टोलीका अधिकृतमध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports