सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालुवाटारमा सत्ताधारी गठबन्धनको बैठक सुरू

468
shares

एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् । सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए ।

हिजो बसेको गठबन्धनको बैठक निष्कर्ष विहीन भएको थियो । दलहरु आ-आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ ।

सत्तारुढ गठबन्धनमा एमसीसी संसदमा टेबल गर्ने सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सम्वाद अघि बढाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports